एकीकृत समाजवादीले गर्याे जेठमा महाधिवेशन गर्ने निर्णय
एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा मङ्गलवार बसेको सचिवालयको बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।
यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० १६:०९
प्रतिक्रिया दिनुहोस्