NRN
रास्वपाले बोलायो आज साझ ५ बजे सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार सचिवालयको बैठक बोलाएको छ । साे बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको हो ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ ग्रहण गराउने र साँझ पाँच बजे सचिवालयको बैठक बोलाइएको पार्टी उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए ।

रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ । सहप्रवक्ताबाहेक सबै पदाधिकारी सचिवालयमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ । त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको रास्वपाले बताएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update