NRN
प्रधानमन्त्री 'प्रचण्ड' उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न पुगे गङ्गालाल

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर आज बिहान 'प्रचण्ड' ले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

गृहमन्त्री श्रेष्ठ मंगलबार राति गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए। श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update