नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला एक हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।
मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।