NRN
सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न बनायाे उच्चस्तरीय समिति

सरकाले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन गरेकाे हो ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो ।

पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । उक्त समितिलाई प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update