नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६७ पैसा कायम गरिएकाे छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३४ पैसामा काराेबार भइरहेकाे छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७४ पैसामा पाइन्छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९७ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १६८ रूपैयाँ २० पैसा तोकिएको छ ।
यस्तै, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ४७ पैसा र बिक्रीमा २८ रूपैयाँ ६० पैसा पाइन्छ भने युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५८ पैसा तोकिएको छ ।शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५३ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ ।