NRN
जनार्दन शर्मा : एनसेलले लुटको खेती गरिरहेको छ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् ।

उनले सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको समेत बताए । 

सामाजिक सञ्जाल मार्फत् उनले यस्ताे बताएका हुन् । उनले लेखेका छन् –'जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ । ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ ।'

शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update