NRN
नागढुंगाबाट २ किलो सुनसहित तीन जना पक्राउ

काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुनसहित तीन जना पक्राउ परेका हुन् । 

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

त्यस्तै, गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएका गाेरखाका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । उक्त सुन प्रकरणमा घलेसहित २ जना पक्राउ परेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update