एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
एसिसी यू-१९ एसिया कप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ ।
नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा सुरू हुनेछ । दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।
नेपालको टोलीमा : देव खनाल (कप्तान), दीपक डुम्रे, उत्तम थापा मगर, विपिन रावल, गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।
तेस्रो खेल नेपालले मंगलबार भारतसंग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० ११:०५
प्रतिक्रिया दिनुहोस्