NRN
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा दुर्घटनामा, दुई जनाको मृत्यु

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ना ६ ख २७३९ नम्बरको ट्रक महेन्द्र राजमार्गको शीतगङ्गा - ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । जेनस अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएकाे प्रहरी निरीक्ष रिजालले बताए ।

 
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update