त्रिभुवन विमानस्थलमा पुन: साढे ६ किलो सुनसहित १ जना पक्राउ
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुन: साढे ६ किलो सुनसहित १ जना पक्राउ परेका छन् । गएराति विमानस्थल भन्सार कार्यालयले दुबईबाट अवैधरुपमा ल्याइएको सुनसहित इजिप्टका नागरिकलाई पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार पक्राउ परेका इजिप्टका नागरिक एफ जेट ५७३ फ्लाइबाट शनिबार राति ११ बजेर ५१ मिनेट ल्याण्ड भएका थिए । उनले भित्री ज्याकेटमा खल्तीमा साढे ६ किलो पाउडर बनाएर ल्याएको सुन बरामद गरेको हो ।
बिहीबार राति पनि यही विमानमार्फत् काठमाडौं आएका गोरखाका चन्द्र १४ किलो सुनसहित पक्राउ परेका थिए । उनलाई भन्सार कार्यालयले पक्राउ गरेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० ११:३०
प्रतिक्रिया दिनुहोस्