NRN
एसिसी यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

एससी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्ड २ मा जारी खेलमा अफगानिस्तान ४९.३ ओभरमा २६१ रनमा अलआउट भएकोे हो ।

अफगाािस्तानका लागि जस्मित जर्दानले अविजित एक सय ६ रनको सतकीय पारी खेले । उनले एक सय ५२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । नुमन शाहले ६०, रहिमुल्लाह जुरमतिले ३५, वाफिल्लुहा ताराकहिलले १५, खलेल अहमदले १३ र खलिद तानिवालले १० रन बनाए । 

बलिङमा नेपालका लागि हेमन्त धामी, गुल्सन झा तथा सुवास भण्डारीले २–२ तथा आकाश चन्द र दीपेश कंडेलले १–१ विकेट लिए ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update