NRN
अष्ट्रेलियामा नेपालीको शान :यि हुन अष्ट्रेलियाको सांसद पदका उम्मेदवार 
  • राजन घिमिरे 

 
 पछिल्लो समय प्रबासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्दो छ । नेपाली रगत र पहिचान बोकेका नेपालीहरुले बिदेशको मूल राजनितीमा प्रभाव जमाउने  मात्र नभई  सांसद जस्तो पदमा उम्मेदवार दिनु नै उल्लेख्य कुरा हो । त्यसमाथि अष्ट्रेलिया जस्तो देशको सत्ताधारी लेबर पार्टीले नेपाली यूवालाई विश्वास गरेर सांसद जस्तो गरिमामय पदको उम्मेदवार बनाउनुले यतिबेला अष्ट्रेलियामा मात्र नभएर बिश्वमाँझ नै यो कुराले चर्चा - परिचर्चा हात पारेको छ । यी नेपाली हुन एलेक्स कार्की । कार्की यूवा इन्जिनियर हुन ।अष्ट्रेलियाको सत्तारूढ पार्टीले यी यूवालाई राज्य सांसदको उम्मेदवार बनाएको हो । 

अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिसर्च (ट्रान्सपोर्ट प्लानिङ)को उच्च शिक्षा पुरा गरिसकेका छन यिनले । अध्ययनमा मात्र होइन कि सामाजिक क्षेत्रमा पनि ऐलेक्सको उठबस राम्रै छ । उनि सिड्नीको बेलाभिष्टामा बस्दै आएका छन । 

उनी स्थानीय यातायात, स्कुल र स्वास्थका विषयमा बढि जागरूक छन् भने त्यस अनुरूप बिभिन्न कृयाकलापहरूमा उनले आफूलाई लामो समयदेखी अभ्यस्त गराउदै आइरहेका छन ।

Alex 21673715184.jpg

 पेशाले इन्जिनियर भएता पनि कार्कीले अस्ट्रेलियन राजनीतिलाई लामो समयदेखी नजिकबाट नियाल्दै आएका छन्‘ यहाँको मूल राजनितीबारे जानकार भएका कारण पनि मैले यो साहस गरेको हो र मेरो यो साहसमाथि लेबर पार्टीले साथ दिएको हो ।‘ ऐलेक्सले भने । उनी स्थानीय यातायात, स्कुल र स्वास्थका विषयमा बढि जागरूक छन् भने त्यस अनुरूप बिभिन्न कृयाकलापहरूमा उनले आफूलाई लामो समयदेखी अभ्यस्त गराउदै आइरहेका छन ।

ऐलेक्स कार्कीलाई लेबल पार्टीले अस्ट्रेलियाको संघीय चुनावमा राज्य सांसद पदका उम्मेदवार बनाउनुलाई अष्ट्रेलियाको नेपाली समाजले गौरबको रूपमा लिएको छ । ‘सिड्नीको केलिभिल, बेलाभिष्टा, नरवेष्ट, बकमहिल्स, राउजहिलको स्थानीय जनसरोकारका मुद्दामा म आफूलाई पुरा रूपमा भिजाउने छु भने जागरूक भएर लाग्ने छु ।‘ ऐलेक्सले भने । उनीसंग राजनीतिक मुद्दाका निम्ति उपर्युक्त योजना र त्यसको संस्थागत बिकासका लागि चाहिंने विकास, सडक योजना, शैक्षिक वातावरणलाई सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पिटल र समुदायलाई चाहिंने आवश्यक सेवा र सुविधाका लागि चाहिंने योजनाहरु रहेको देखिन्छ । 

नेपालबाट बिध्यार्थीको रूपमा अष्ट्रेलिया पुगेको एउटा नेपालीको छोरो अस्ट्रेलियाको प्रवासी जीवमा संघर्ष गर्दै अष्ट्रेलियाको मूल  राजनीतिमा खरो रूपमा  उत्रनु भनेको कम चानचुने कुरा होइन । अहिले अष्ट्रेलियाको नेपाली समाज ऐलेक्सको जित र शानदार उपस्थितीका लागि एकमुष्ठ लागि परेको छ ।

अस्ट्रेलियाको एनएसडब्लु राज्यको निर्वाचन आगामी मार्च २५ तारिखमा हुँदैछ। एलेक्सले यस पटकको निर्वाचनमा आफ्ना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग साथ र सहयोगको अपेक्षा राखेका छन्। नेपाली समुदाय पनि ऐलेक्स  कार्कीको यस्तो उपस्थिति र शानलाई सफल बनाउन लागि परेको देखिन्छ ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update