NRN
भारतमा विराटनगरका एक युवकमाथि गोली प्रहार

विराटनगरका एक जना युवकमाथि भारतमा गोली प्रहार भएको छ । 

गोली प्रहारबाट विराटनगर महानगरपालिका – ८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । प्रहरीले उनको कोसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा आइतबार साँझ अज्ञात समूहले उनीमाथि गोली प्रहार गर्दा संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको प्रहरीले बताएको छ ।

घाइते रहेका संग्रौला खतरामुक्त छन् । गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update