नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सोमबारका लागि सुन–चाँदीको मूल्य निर्धारण गरेकाे छ । उक्त निर्धारण गरेकाे मूल्य अनुसार आज पनि सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार प्रतितोला पाँच सय रूपैयाँ घटेर आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ।
त्यसैगरी, आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेर सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा काराेबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।