संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले दिए पदबाट राजीनामा, पदम पाण्डेको नाम सिफारिस
संघीय संसद सचिवालयका महासचिव डा.भरत गौतमले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार साँझ उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ। ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।
उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए ।
उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन् ।पाण्डे प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० ११:५२
प्रतिक्रिया दिनुहोस्