नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । उक्त दर अनुसार मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।
मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ।यसअघि गत मंसिर १५ गते पनि यहि बिन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७१ पैसा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३६ पैसा ताेकिएकाे छ ।
राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ४८ पैसा र बिक्रीदर १६८ रूपैयाँ २३ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९८ पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ ।
आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७६ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६० पैसा र बिक्रीमा ४३३ रूपैयाँ ५५ पैसा पाइन्छ ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ४३ पैसा र बिक्रीमा २८ रूपैयाँ ५६ पैसा पाइन्छ ।