NRN
एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमै अलआउट

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो ।

नेपालले ५२ रनको लक्ष्य पछ्याउन भारतलाई ५३ रनको लक्ष्य दिएको थियो । भारतका लागि राज लिम्बानीले सात विकेट लिए भने आराध्या शुक्लाले दुई विकेट लिए । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो ।यस उत्कृष्ट प्रदर्शनका साथ भारतले एसीसी यू-१९ एसिया कपमा आफ्नो वर्चस्व देखाउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update