NRN
अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् । 

पोखरा विमानस्थलले देशको अर्थतन्त्रलाई सहयोग गर्ने आशा व्यक्त गरेका उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सरकारले अघि बढाउने बताए । 

गत १२ जेठमा सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र आवश्यकताअनुसार निजगढको विकल्पमा खोज्न परमादेश दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थल बनाउने बताएका हुन् ।  

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update