NRN
हल पुगे पुष्प खड्का, ‘तिम्रो मेरो साथ’  दर्शकहरूको साथ मिल्दै
  • राजन घिमिरे 

शुक्रबारबाट  प्रदर्शनमा आएको चलचित्र ‘तिम्रो मेरो साथ’ ले शनिबार दर्शकको साथ पाएको छ। प्रदर्शनको पहिलो दिन शुक्रबार नै दर्शकहरूको राम्रो साथ पाएको यो चलचित्रले शनिबार पनि दर्शकको साथ बटुलेको बताइएको छ।

Puspa 21673715809.jpg

शनिबार अभिनेता पुष्प खड्का अष्टनारायाण हलमा दर्शकलाई भेट्न पुगेका थिए। हलमा दर्शकको राम्रो उपस्थिति रहेको थियो। रमेश एम के पौडेल निर्देशित चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दिप क्षेत्री, सर४ओज खनाल मुख्य भूमिकामा रहेका छन्-‘ दर्शकहरूबाट चलचित्रको बारेमा राम्रो प्रतिक्रिया पाइयो, हामी खुशी छौं -‘चलचित्रका निर्देशक पौडेलले बताए । कलाकारहरू माँझ खुशी साट्न पाएकोमा नायक पुष्प खड्काले पनि प्रसन्नता ब्यक्त गरे ।

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update