NRN
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण

पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले शपथ ग्रहण गरेका छन् ।

पोल्याण्डको प्रधानमन्त्रीका रूपमा बुधवार वार्सास्थित राष्ट्रपति भवनमा टस्कले शपथ ग्रहण गरेका हुन् । टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो ।

मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गरे ।

राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् ।

कुनै समय रक्षा र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्वलोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update