NRN
एमाले अध्यक्ष ओलीकाे दाबि सरकारसँग कांग्रेसकै नेताहरू आजित भइसके

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि आजित भएको दाबी गरेका छन् ।

बिहीबार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामा रहेका कांग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको बताएका हुन् । 

उनले भने, "हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ । त्यो मिसन ८४ जनताको मिसन हो । एमालेले भनेको, नेतृत्व गरेको हो । नेपाली कांग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली कांग्रेसकै नेताहरू पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ । तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि मिसन ०८४ लाई सफल पार्नैपर्छ ।"

सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उनको भनाइ छ ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update