NRN
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो

पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् ।

श्रृंखलाले होटल हायातमा आज सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो कसेकी हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी श्रृंखला निकै आकर्षक देखिएकी छन् ।

श्रृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा पनि श्रृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update