को हुन् सेवा लम्साल ? यस्तो छ उनको यात्रा ?
- राजन घिमिरे
लामो समयदेखी बिभिन्न पदमा रहेर सरकारी सेवामा आबद्द हुंदै अगाडि बढेकी कर्मठ सरकारी कर्मचारी हुन् सेवा लम्साल ।
सरकारी सेवामा लामो निरन्तरता र लगाबसँगै लम्साल परराष्ट्र सचिब बन्न पुगेकी छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सह सचिब लम्साललाई सचिबमा बढुवा गरेपछी यिनले नेपालको परराष्ट्र सेवामा पहिलो महिला सचिबको रूपमा आफ्नो नाम लेखाएकी छन् ।
उनले २५औँ सचिवका रूपमा मन्त्रालय सम्हाल्ने भएकी छन् । उनले परराष्ट्र मम्त्रालयमा महिला सचिबको रूपमा पहिलो रेकर्ड बनाएकी छन् ।
२०५५ सालमा शाखा अधिकृतको रूपमा निजामति सेबामा प्रवेश गरेकी लम्साल पाकिस्तान, इरान र टर्की लगाएत ६ वटा बिभिन्न देशहरूमा राजदूत भैसकेकी छन् । परराष्ट्र मन्त्रालयको प्रबक्ताको जिम्मेवारी पनि लम्सालले सफल रूपमा निभाएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १०:४९
प्रतिक्रिया दिनुहोस्