NRN
धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा फेला

धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ। 

सबैला नगरपालिका–९ सतोखरकी ६ वर्षीया राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या भएको देखिएको एक प्रहरीले बताए । 

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भएनभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले बताएकाे छ । प्रहरीकाअनुसार राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा ती बालिका बुधवार साँझ आमासँगै गएकी थिइन् । त्यहीँबाट उनी बेपत्ता भएकी थिइन् । उनी हराएको भोलिपल्ट बिहान ९ बजेतीर प्रहरीलाई घटनाबारे खबर गरिएको थियो । 

अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update