नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबारका लागि नेपाली बजारमा सुन–चाँदीको मूल्य निर्धारण गरेकाे छ । उक्त निर्धारण गरेकाे मूल्य अनुसार सुन–चाँदीको मूल्य बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार प्रतितोला तीन सय रूपैयाँ बढेर आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।