NRN
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित

हंगेरीले युक्रेनलाई युरोपेली संघ (ईयू) को सदस्य बनाउन वार्ता सुरु गर्ने निर्णयप्रति असहमति व्यक्त गर्दै युक्रेनलाई युरोपेली संघबाट ५५ अर्ब डलरको आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सोशल मिडिया साइट एक्समा घोषणा गरे कि उनले युक्रेनलाई ईयू कोषमा भिटो दिनेछन् । युरोपेली परिषद्ले यो निर्णय सर्वसम्मतिले गरेको जनाएको छ तर मतदानको क्रममा हंगेरी बाहिरिएको थियो ।

उनले लेखेका छन्, ‘हामीले युक्रेनलाई थप रकम भिटो लगायौं र एमएफएफ समीक्षामा भिटो लगायौँ । हामी उचित तयारीपछि अर्को वर्ष युरोपियन काउन्सिलमा यस विषयमा फेरि छलफल गर्नेछौँ ।’ हंगेरीको यो घोषणा ईयूले युक्रेन र मोल्डोभालाई ईयू सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेको केही घण्टापछि आएको हो ।

हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update