नेपाल राष्ट्र बैंकले नेपाली बजारमा विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार शनिबारदेखि एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा काराेबार भएकाे अमेरिकी डलर आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।
आइतबार एकको खरिददर ९९ रूपैयाँ ०४ पैसा र बिक्री दर ९९ रूपैयाँ ४९ पैसा कायम भएकाे क्यानेडियन डलर आज क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ०२ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४७ पैसा पाइन्छ । यस्तै, आइतबार एकको खरिदमा ८९ रूपैयाँ ०६ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४६ पैसामा काराेबार भएकाे अष्ट्रेलियन डलर आज एकको खरिदमा ८८ रूपैयाँ ७४ पैसा र बिक्रीमा ८९ रूपैयाँ १४ पैसामा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, युरो एकको खरिदमा १४४ रूपैयाँ ३८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०३ पैसा पाइन्छ । आइतबार युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २४ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९ पैसा तोकिएको थियो ।
यस्तै, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ०९ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ र बिक्रीदर १६९ रूपैयाँ ७६ पैसा तोकिएको छ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७२ पैसा तोकिएको छ।
यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ ।