NRN
बलिउड अभिनेता वरुण धवन सुटिङको क्रममामा घाइते

बलिउड अभिनेता वरुण धवन घाइते भएका छन् । उनी फिल्म भिडी १८ को सुटिङ सिलसिलामा घाइते भएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत सुटिङका क्रममा आफ्नो खुट्टा फलामसँग ठोकिएकोले चोट लागेको जानकारी दिएका छन् ।

फिल्मको निर्देशन कलीसले गरिरहेका छन् भने फिल्मका निर्माता एटली र मुराद खेतानी रहेका छन् । फिल्ममा बरुणको अलवा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय रहनेछ । फिल्ममा बरुण पुरै एक्सन अवतारमा देखिनेछन् ।

हालै वरुण फिल्म ‘बवाल’ मा जाह्वी कपुरसँग देखिएका थिए । फिल्म ओटिटिमा रिलिज भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update