NRN
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प,  १ सयभन्दा बढी मानिसको मृत्यु

चीनको उत्तर–पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । सोमबार राति चीनको उत्तरी प्रान्त कान्सुलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको गएको भूकम्पमा परी सयभन्दा बढीको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएकाे छ ।

भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन् ।

नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ । कान्सुमा १ सय जनाको मृत्यु र ९६ जना घाइते भएका छन् भने छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको बिहानैदेखि खोज तथा उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update