NRN
डलर बढेसँगै बढ्याे युरोपियन युरोकाे मूल्य, कुन मुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि नेपाली बजारमा विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज डलरको मूल्य बढेको छ । अघिल्लाे दिन अर्थात् सोमबार खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसामा काराेबार भएकाे अमेरिकी डलर आज मंगलबार एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसा कायम गरिएको छ । 

क्यानेडियन डलरको बिक्रीदर भने बढेको छ । सोमबार क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ४७ पैसा र बिक्री दर ९९ रूपैयाँ  ०२ पैसामा काराेबार भएकाे क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ १७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६२ पैसा पाइन्छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १० पैसा र बिक्रीदर ८९ रूपैयाँ ५० पैसा तोकिएको छ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरोको भाउ पनि बढेको छ। अघिल्लो दिन युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०३ पैसा तोकिएको युरो आज एकको खरिदमा १४४ रूपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३४ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ । मंगलबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ ।

त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आज २८ रूपैयाँ २५ पैसा र बिक्रीमा २८ रूपैयाँ ३८ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिदमाभने ४३१ रूपैयाँ ०१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ९६ पैसा पाइन्छ । यस्तै, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update