मंगलबार स्थानीय बजारमा प्रतितोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ भने तेजाबी सुनको मूल्य पनि आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ११:४८
प्रतिक्रिया दिनुहोस्