NRN
१० प्रकारका औषधी उत्पादनमा औषधी व्यवस्था विभागले लगायाे राेक

नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा औषधी व्यवस्था विभागले रोक लगाएको छ । 

विभागले सूचना जारी गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएकाे हाे ।

औषधी व्यवस्था विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो । यस्तै, लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी नेपाली कम्पनीबाट उत्पादित औषधी उत्पादनमा रोक लगाएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update