NRN
आज पनि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बुधबार पनि बस्दैछ । 

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ । 

बैठकमा आगामी हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।

यसअघि मङ्गलवारको बैठकमा ती विषयमा छलफल मात्रै भएकाले आज निर्णय हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update