NRN
श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

श्रीलंकाका विदेश मन्त्री आज बुधबार नेपाल भ्रमणमा आउँदैछन् ।

नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन मोहम्मद अली साब्री तीन दिनका लागि नेपाल भ्रमणमा आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा हुँदैछ । 

भ्रमणका क्रममा विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेट गर्नेछन् ।

उनी शुक्रबार श्रीलंका फर्कने तालिका रहेको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update