एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले भारतलाई आठ विकेटले पराजित गरेको छ । यससँगै सिरिजमा एक एकको बराबरी भएको छ ।
दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएपछि शृंखलाको तेस्रो तथा अन्तिम खेल निर्णायक बन्न भएको छ । घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारत ४६.२ ओभरमा २११ रनमै अलआउट भयो ।
भारतका लागि साइ सुदर्शनले ६२ रन र कप्तानको भूमीकामा रहेका केएल राहुलले ५६ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए ।
बलिङमा दक्षिण अफ्रिकाका बर्गरले १० ओभरमा ३० रन खर्चिदै ३ विकेट लिए। हेनरिक्स र केशव महराजले २-२ विकेट हात पारे ।
२१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा ४२.३ ओभरमा पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले नटआउट ११९ रनको शतकीय पारी खेल्दा रीजा हेनरिक्सले ५२ रन जोडे ।