NRN
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर

भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन् ।

टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९ बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ । अघिल्लाे दिन अर्थात् ९ दिन अगाडिसम्म ९ सय ३८ जना संक्रमित थिए । भारतमा मात्र हैन अमेरिका र युरोमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ ।

सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन् । भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन् । केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ ।

कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोभिड–१९को संक्रमण बढेको बताएका छन् । अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड-१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ ।

 

 

 
 
 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update