राेज राणा - सँधै चर्चामा । जुन क्षेत्र र विधामा उनले हात हाल्छन्, त्याे क्षेत्र र विधाप्रति तनमनले लागि पर्ने सकारात्मक साेच नै उनकाे शैली हाे । चलचित्रदेखि नेपाली राजनीतिसम्म राेज राणाले आफ्नो याे सकारात्मक शैलीलाई मर्न दिएका छैनन् । उनले आफ्नो यात्राका क्रममा निभाएका सकारात्मक र समाज उपयाेगी क्रियाकलापले नै राेजलाई सँधै चर्चामा ल्याइरह्याे।
सिनेमा क्षेत्रमा प्रवेश गर्दा उनकाे आगमन जसरी धमाकेदारका साथ भयाे, नेपाली राजनीतिमा पनि उनी शानका साथ स्थापित भए । छाेटाे समयमा नै नेपाली चलचित्र विधामा निर्माताका रूपमा आफ्नाे उपस्थिति मजबुद बनाएका उनी नेपाली काँग्रेसकाे राजनीति गरेर गाँउदेखि शहरसम्म आफूलाई बलियाे तरिकाले उभ्याउन सफल भए ।
नेपाली चलचित्र बजारमा राेज राणा सँधै आवश्यकता र निरन्तरताकाे रूपमा चिनिए । सिनेमा वृत्तमा संघ संस्था हाँक्ने देखि मिलाउने र चलचित्र भित्र देखिने राजनीतिलाई पनि निकास दिने मामिलामा पनि राणा सँधै सकारात्मक रूपमा नै चिनिए ।
त्यसाे त नेपाली चलचित्र क्षेत्रसँग आबद्द धेरै चलचित्रकर्मीहरू राजनीतिसँग जाेडिएका छन् र जाेडिँदै आएका छन, तर चलचित्र कर्मसँग जाेडिएर राजनीतिलाई पनि एकसाथ अगाडि बढाउँदै मन्त्री जस्ताे गरिमामय पद हाँक्न पुगेका राणा भने पहिलाे चलचित्रकर्मी हुन् ।
सबै वर्ग, तह र तप्कामा समन्वय गर्न सक्ने गजबकाे शैली र क्षमता छ उनमा । सकभर 'इगाे' लाई मेटाउने अनि सबै पक्षलाई सम्हालेर अगाडि बढाउन सक्ने विशेषताले नै राणालाई आज याे अवस्थामा पुर्याएकाे हाे भन्दा अत्तियुक्ति नहाेला । कुनै समय निकै व्यस्त मानिने तिन नायक राजेश हमाल, निखिल उप्रेती र विराज भट्टलाई एउटै सिनेमा उभ्याएर सिनेमा वृत्तमा उल्लेखनिय काम गरेका थिए उनले । आज नेपाली राजनीतिमा पनि मिलाउने, सहमति जुटाउने र सकारात्मक सन्देश प्रवाह गर्ने पक्षमा बाज्जी मारेका छन् राणाले । लुम्बिनी प्रदेशकाे मन्त्रीकाे रूपमा कार्यभार सम्हालेका उनकाे आगामी कार्यकाल र समय सिनेमा क्षेत्र जस्तै चहकिलाे रहाेस् भन्ने कामना ..........