NRN
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका – ३ बोहोरेटारमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु भएको छ ।

सोमबार बिहान सवा ८ बजे मन्थलीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश - ०१ - ००६ ख ४५९३ नम्बरको बसले बा ६० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका - २ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका - १० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बसका चालक मन्थली - १३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

दुईजनाको मृत्यु पछी आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् भने बाटो अवरुद्ध भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update