प्रधानमन्त्री कप महिला राष्ट्रिय टी – २० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार खेलिएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १३४ रनकाे रनको लक्ष्य दिएकाे छ ।
टस हारी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको हो ।
लुम्बिनी प्रदेशका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सरस्वतीले अविजित ५३ रन बनाइन् । उनले ६२ बलको सामना गरी सात चौका पनि प्रहार गरिन् । ओपनर ब्याटर आसमा पुलामी मगरले पनि २५ रन बनाइन् । आसमाले २५ बलको सामना गरी तीन चौका हिर्काइन् । लुम्बिनीले चार रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो ।
चमेली चौधरीले पनि १८ रनको योगदान गरिन् । उनले २२ बलमा दुई चौका हिर्काएकी थिइन् । मधु डीसी दुई रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि २५ रन पाएको थियो ।
कर्णाली प्रदेशका बलर यमुना थारु, रश्मी खड्का र तृषणा विश्वकर्माले एक–एक विकेट हात पारे ।