NRN
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस अब मेलवर्नको एक्सचेन्ज टावरमा

- राजन घिमिरे

लामाे समयदेखि शिक्षा क्षेत्रमा शिक्षा परामर्श दाताकाे रूपमा विशिष्ट पहिचान बनाउँदै आएकाे प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेस क्रमश: झाँगिदै र विस्तार हुँदै अगाडि बढिरहेकाे छ । उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया जाने विद्यार्थीहरूकाे विश्वास जित्दै आइरहेकाे प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसले अब अष्ट्रेलियाको मेलवर्नमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।

संस्थाकाे याे पाँचौं शाखा रहेकाे जानकारी सर्भिसेसका सिईओ तथा निर्देशक निशान्त शर्माले जानकारी दिए ।  प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसकाे नेपालकाे शाखा भने काठमाडौंको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा रहेकाे छ । अष्ट्रेलियाको मेलवर्नमा सर्भिसेसको पाँचौं शाखा सञ्चालनमा ल्याउन सफल भएकोमा यसकाे श्रेय सिईओ तथा निर्देशक निशान्त शर्मा विद्यार्थीहरूलाई दिन्छन -' आज हामी जहाँ छाैँ,  विद्यार्थीहरूकाे साथ, माया र विश्वासका कारण छाैँ । उहाँहरूकै सल्लाह र सुझावलाई आत्मसात गर्दै हाम्राे संस्था अगाडि बढेकाे हाे । आगामी दिनहरूमा पनि विद्यार्थीहरूकाे साथ पाउने विश्वास हामीले लिएका छाैँ -' शर्माले भने ।

प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसले मेलर्वनमा विद्यार्थी लगायत अन्य सेवाग्राहीहरुका सबैखाले समस्याको समाधान गर्ने प्रतिबद्द्ता व्यक्त गरेकाे छ । सन् २०१५ मा स्थापना भएको याे संस्थाले शिक्षा र माईग्रेसन सम्बन्धि विविध प्रकारका सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा र माईग्रेसन क्षेत्रमा उल्लेखनीय र विश्वसनीय कार्य गरे बापत संस्थाले सम्मानित रूपले विभिन्न अवार्डसमेत हात पार्दै आइरहेकाे छ । संस्थाले सन् २०२२/२३ मा शिर्ष –३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरिसकेको छ । 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update