नेपाल सुपर लिग - २०२३ मा आज साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यो खेल दोस्रो क्वालिफायरमा पुग्नका लागि हुनलागेको हो ।
लिग चरणमा काठमाडौं तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए । तेस्रो र चौथो स्थानमा रहनेले एलिमिनेटर खेल्नुपर्ने प्रावधान छ ।
यसअघि लिगको अन्तिम खेलमा पनि काठमाडौं र ललितपुबीच प्रतिस्पर्धा भएको थियो । अहिलेसम्म काठमाडौं र ललितपुर एनएसएलमा कुल तीन पटक खेल्दा तीनैपट काठमाडौं विजयी भएको छ । त्यसमा काठमाडौंले कुनै गोल पनि खाएको छैन । जसमा ललितपुरलाई १-० ले पराजित गर्द काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको थियो ।
सोमबार भएको पहिलो क्वालिपायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराउँदै साविक उपविजेता धनगढी लगातार दोस्रो पटक फाइनल पुगिसकेको छ ।
यस खेलको विजेताले बिहीबार पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्नेछ ।