NRN
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाकाे पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।

क्रिकेटर लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update