NRN
इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरू गाजा जान तयार

यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ ।

लडाकुहरू हुथी कमान्डर अब्दुल मलिकअल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले  जनाएका छन् । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतङ्कवादी समूह हो । हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् ।

हुथी विद्रोहीहरूले गाजापट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् । 

हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ ।

हुथी नेता अब्दुल मलिक अल हुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । उनले अमेरिकालाई भियतनाम युद्धमाजस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update