नेकपाका महासचिव विप्लवकाे आरोप सरकारले सहमति र घेराबन्दीको दोहोरो चरित्र देखायाे
अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी माेर्चाको बैठकमा सहभागी भइरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बुधवार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा पार्टीका अरू नेताहरूसँगै विप्लव पनि सहभागी भएका थिए ।
सरकारले सहमति र घेराबन्दीको दोहोरो चरित्र देखाएको आरोप उनले लगाउँदै । उनले भने, ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । यो विषयमा साँझ छलफल हुन्छ । आजै साँझ ६ बजे फेरि बैठक बस्छ ।’ विप्लवले बैठकमा अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको पनि बताए ।
समाजवादी माेर्चाले आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्