NRN
ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ

सहकारी ठगी प्रकरणमा सहकारी पूर्व रजिष्ट्रार तथा पर्वतको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्यालयबाटै प्रहरीले पक्राउ गरेकाे छ ।

पराजुलीलाई पर्वत प्रहरीले बुधवार कार्यालयबाटै पक्राउ गरेकाे हो ।

पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्ट्रारलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए । पराजुलीलाई त्यहि बयान आधारमा पक्राउ गरिएको पर्वतका डीएसपी भुसालले जानकारी दिए । 

कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसैले, प्रहरीले उनलाई आजै कास्की पठाउने बताएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update