NRN
हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित एक जना काराेबारी पक्राउ

हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार ४९ वर्षीय सुरेशप्रसाद साहलाई विराटनगर महानगरपालिका – ६ केशलिया रोडबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका  हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएकाे छ ।

साहले आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिए तापनि  को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलसहित पक्राउ परेका साहका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update