इङ्ग्लिस प्रिमियर लिग : अन्तिम समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै चेल्सी विजयी
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा अन्तिम समयमा पाएको पेनाल्टीमार्फत् गोल गर्दै चेल्सी विजयी भएको छ । बुधबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २ – १ गोलले हराउँदै विजयी भयो । जारी सिजनमा चेल्सीको यो सातौँ जित हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले १३ औं मिनेटमा अग्रता बनाएको थियो । गुस्टोको पासमा मुद्रिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अतिरिक्त समयमा प्यालेसका ओलिजले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
दोस्रो हाफको अन्त्यतिरको ८९ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो। पेनाल्टीमार्फत् माडुकीले गोल गरेपछि चेल्सीले २ – १ को नतिजा निकाल्यो ।
यो जितसँगै चेल्सी १९ खेलबाट २५ अंक जोडेर १० औँ स्थानमा रहेको छ । पराजित भएको क्रिस्टल प्यालेस १८ अंकसहित १५ औँ स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० ११:२८
प्रतिक्रिया दिनुहोस्