NRN
बढ्यो डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार डलर एकको खरिददर १३२ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४२ पैसा कायम गरिएको डलर बिहीबार एकको खरिददर १३२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा काराेबार भइरहेकाे छ । याे अघिल्लो दिनको तुलनामा आज २४ पैसाले डलरको मूल्य बढेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ४२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ ८१ पैसा र बिक्रीमा १०१ रूपैयाँ २७ पैसा पाइन्छ ।

त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा भने १४७ रूपैयाँ ०८ पैसा र बिक्रीमा १४७ रूपैयाँ ७५ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४० पैसा र बिक्रीदर १७० रूपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै, मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ७४ पैसा र बिक्रीमा २८ रूपैयाँ ८७ पैसा पाइन्छ ।  युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ । 

आज कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ९१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८६ पैसा पाइन्छ । त्यसैगरी, बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ ।

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update