NRN
काेराेनाबाट ‘डीएमडीके’ का संस्थापक नेता एवम् अभिनेता विजयकान्तको निधन

भारतको तमिलनाडुको प्रमुख पार्टी ‘डीएमडीके’ का संस्थापक नेता एवम् अभिनेता विजयकान्तको निधन भएको छ ।

७१ वर्षको उमेरमा कोभिड १९ बाट संक्रमित भएका विजयकान्तको चेन्नई अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 डीएमडीकेले विजयकान्तलाई कोभिड पोजिटिभ भएको पुष्टि गरेको थियो । स्वासप्रस्वासमा समस्या भएपछि गत नोभेम्बर २० मा अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी तमिलनाडु विधानसभाको विधायकसमेत भएका थिए । सन् २००६ मा उनी राजनीतिमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update